२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

चलचित्र मेलाको “परिचय पाउँ” गीत चर्चामा (भिडियो सहित)

चलचित्र मेलाको “परिचय पाउँ” गीत चर्चामा (भिडियो सहित)

1.5K
Shares

अर्थ नेपाल संवाददाता
काठमाडौँ/ चलचित्र ‘मेला’मा समावेश “परिचय पाउँ” गीतको भिडियो यति बेला चर्चामा रहेको छ । सार्वजनिक भएको केहि समयमा नै
युट्युवमा धेरै दर्शकको माया पाएको छ । अन्जु पन्त र रामचन्द्र काफ्लेको स्वर रहेको यस गीतमा अर्जुन पोखरेलको संगीत रहेको छ भने दिघराज धौरालीको रहेको छ । पवित्रा आचार्य र गजित विष्टलाई देख्न सकिन्छ । कोरियोग्राफी पवित्रा आचार्यले गरेकी छिन् ।
बसन्त निरौला निर्देशित चलचित्रमा सलोन बस्नेत, आमेष भण्डारी, अशिष्मा नकर्मी, निरज श्रेष्ठको मुख्य भूमिका छ । तर सार्वजनिक गीतमा भने अतिथी कलाकारका रुपमा रहेका नायक गजित बिष्ट र नायिका पवित्रा आचार्यले नृत्य गरेका छन् भने चलचित्रमा पवित्रा कै कोरियोग्राफी, दिव्य सुवेदीको छायांकन, साहिल खान र मिलन श्रेष्ठको सम्पादन, अष्ट महर्जनको द्वन्द्व रहेको छ । चलचित्रमा हरि पन्तको कथा, पटकथा, संवाद तथा सह–निर्देशन गरेका छन् ।
हरि पन्तको प्रस्तुतीमा तयार भएको चलचित्रमा मनोज के मरोडियाको लगानी रहेको छ । चलचित्र कात्तिक २४ गतेबाट देशभरका हलमा रिलिज हुँदैछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij