२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कालंगा हाइड्रोको आईपीओ बाँडफाँड

कालंगा हाइड्रोको आईपीओ बाँडफाँड

820
Shares

काठमाडौं– कालंगा हाइड्रो लिमिटेडले आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको आईपीओमा बाँडफाँड भएको छ। बिक्री प्रबन्धक सानिमा क्यापिटलले आज आईपीओ बाँडफाँड गरेको हो। कम्पनीले चैत्र १० गतेदेखि चैत्र २४ गते स्थानीयलाई आईपीओ निष्काशन गरेको थियो।

क्यापिटलका अनुसार यस आईपीओमा अति प्रभाविततर्फ ३ हजार ४ सय ७५ जनाको आवेदन परेकोमा ३ हजार ४ सय ४१ जनाको आवेदन मात्र योग्य भएको छ। अति प्रभाविततर्फ २७० कित्तासम्म आवेदन दिनेले माग गरे अनुसार कै शेयर पाएका छन् । ३०० देखि १५ हजार कित्तासम्मको लागि आवेदन दिनेले समान २९० कित्ता शेयर पाएका छन् । २९० कित्ता शेयर पाउनेहरु मध्येलाई गोलाप्रथाबाट शेयर बाँडफाँड गर्दा १७७ जनाले थप १० कित्ता शेयर पाएका छन् । यस हिसाबमा आयोजना अति प्रभावितले अधिकतम ३०० कित्तासम्म शेयर पाएका छन् ।

प्रभाविततर्फ भने ३ हजार १ सय जनाको आवेदन परेकोमा ३ हजार ८१ जनाको आवेदन मात्र योग्य भएको छ। जसमा २०० कित्तासम्म आवेदन दिनेले माग गरे अनुसार कै शेयर पाएका छन् । २१० देखि ५ हजार कित्तासम्मको लागि आवेदन दिनेले समान २०० कित्ता शेयर पाएका छन् । २०० कित्ता शेयर पाउनेहरु मध्येलाई गोलाप्रथाबाट शेयर बाँडफाँड गर्दा ३७९ जनाले थप १० कित्ता शेयर पाएका छन् । यस हिसाबमा आयोजना प्रभावितले अधिकतम २१० कित्तासम्म शेयर पाएका छन् ।

नेपाल धितोपत्र बोर्डले फागुन २५ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो। यस कम्पनीले बझांगमा १५.३३ मेगावाटको कालंगा जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०७९ माघ देखि व्यापारिक उत्पादन गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij