काठमाडौं – सशस्त्र प्रहरी बल, नेपालका अतिरिक्त महानिरीक्षक (एआईजी) नारायणदत्त पौडेललाई १३औं महानिरीक्षक (आईजीपी) मा नियुक्त गरिएको छ ।
सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकमार्फत पौडेललाई सशस्त्र प्रहरी बलको प्रमुखमा बढुवा गर्ने निर्णय गरेको हो । हालका आईजीपी राजु अर्याल चार वर्षे कार्यकाल पूरा गरी यही १८ वैशाखमा अनिवार्य अवकाशमा जाने छन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij