२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सोपान फर्मास्युटिकल्सको आईपीओ बाँडफाँड मिति तय ?

सोपान फर्मास्युटिकल्सको आईपीओ बाँडफाँड मिति तय ?

815
Shares

काठमाडौँ – सोपान फर्मास्युटिकल्स लिमिटेडको आईपीओ बुधबार बैशाख १६ गते बाँडफाँड हुने भएको छ । कम्पनीको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले आईपीओ बुधबार बिहान बाँडफाँडको तयारी गरेको हो ।

आईपीओमा २९ लाख १४ हजार ४४३ जनाले आवेदन दिएका थिए । कम्पनीले सर्वसाधारणका लागि कुल ३४ लाख ७४ हजार ९०० कित्ता शेयर निष्कासन गरेको थियो । उक्त आईपीओमा मागभन्दा उल्लेख्य बढी आवेदन परेसँगै अब धितोपत्र बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट शेयर वितरण गरिनेछ।

कुल आवेदकमध्ये ३ लाख ४७ हजार ४९० जनाले मात्र १० कित्ताका दरले शेयर हात पार्नेछन् । बाँकी करिब २५ लाख ६६ हजार आवेदकको हात खाली हुने देखिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij