काठमाडौँ – सालपा विकास बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नोक्सानी गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य घटेको छ।
चालु आर्थिक वर्षको पहिलो ९ महिनासम्ममा बैंक ३१ लाख ८९ हजार रुपैयाँ नोक्सानीमा रहेको छ। यो गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले ३५ लाख ८४ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको थियो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ६.७७ प्रतिशत बढेको छ भने कुल सञ्चालन आम्दानी ४.४७ प्रतिशत बढेको छ। त्यस्तै, बैंकको कुल सञ्चालन आम्दानी ७.७० प्रतिशत बढेको छ। समीक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा ६.९२ प्रतिशतबाट घटेर ३.३५ प्रतिशतमा झरेको छ। जसका कारण बैंकको इम्पेरमेन्ट चार्ज १ करोड ६६ लाख रुपैयाँबाट घटेर ९७ लाख ९८ हजार रुपैयाँमा सीमित भएको छ। सो अवधिसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ करोड ६५ लाख रुपैयाँ ऋणात्मक रहेको छ।
गत चैत मसान्तसम्ममा बैंकको प्रतिशेयर आम्दानी ८१ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ १०३ रुपैयाँ ७५ पैसा रहेको छ। ५२ करोड २३ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १ करोड ९५ लाख रुपैयाँ सञ्चित छ। चैत मसान्तसम्ममा बैंकले १ अर्ब ४९ करोड निक्षेप संकलन गरी १ अर्ब १९ करोड रुपैयाँ कर्जा लगानी गरेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij