काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले सीडीएस एण्ड क्लियरिङ लिमिटेड (सीडीएससी) का प्रबन्ध सञ्चालक तथा कार्यकारी प्रमुख प्रवीण पन्दाकलाई पदबाट हटाएको छ।
आज बसेको नेप्से सञ्चालक समितिको बैठकले पन्दाकलाई सीडीएससीको जिम्मेवारीबाट मुक्त गर्दै पुनः नेप्से मै फिर्ता बोलाउने निर्णय गरेको हो।
तत्कालीन नेप्सेका पूर्व प्रमुख कार्यकारी अधिकृत (सिइओ) कृष्ण बहादुर कार्कीले आफ्नो कार्यकाल सकिनै लाग्दा पन्दाकलाई सीडीएससीको नेतृत्व सुम्पेका थिए।
गत भदौ ७ गते पूर्णप्रसाद आचार्यको कार्यकाल सकिएपछि सीडीएससीमा सिइओ पद खाली भएको थियो।
पन्दाक अब नेप्सेमै आफ्नो पुरानो जिम्मेवारीमा फर्किने छिन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij