२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र अमेरिकी सहायक विदेशमन्त्रीबीच भेट

अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र अमेरिकी सहायक विदेशमन्त्रीबीच भेट

775
Shares
Screenshot

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र अमेरिकी सहायक विदेशमन्त्री एस. पाउल कपुरबीच भेटवार्ता भएको छ। नेपालमा रहेका कपुरसहितको टिम अर्थमन्त्रालय पुगेको हो।

भेटमा नेपाल र अमेरिकाबीच लगानी प्रवर्द्धन, आर्थिक सुधार र द्विपक्षीय सहकार्यका नयाँ क्षेत्र पहिचान गर्ने विषयमा छलफल भएको अर्थमन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

सरकारको प्राथमिकता, लगानीको वातावरण र सम्भावित साझेदारीका क्षेत्रबारे पनि छलफल गरिएको उल्लेख छ। अर्थमन्त्री वाग्लेले सुशासन, आर्थिक सुधार र गुणस्तरयुक्त भौतिक पूर्वाधार निर्माण सरकारको मुख्य प्राथमिकता रहेको बताए।

उनले अनावश्यक पुराना कानुन खारेज गर्दै नयाँ कानुनी संरचना निर्माणमार्फत लगानीमैत्री वातावरण बनाउनेतर्फ सरकार केन्द्रित धारणा राखेका थिए। पर्यटन, स्वच्छ ऊर्जा र सूचना प्रविधि क्षेत्रमा विशेष गरी अमेरिकी तथा गैरआवासीय नेपाली लगानी आकर्षित गर्ने लक्ष्य नेपालले राखेको वाग्लेले बताए।

अमेरिकी सहायक विदेशमन्त्री कपुरले नेपाल–अमेरिका सम्बन्ध बलियो रहेको उल्लेख गर्दै आगामी दिनमा सहकार्य अझ विस्तार हुने विश्वास राखे। उनले सरकारले अघि सारेका सुधार कार्यक्रमलाई अमेरिकी प्रशासन र अमेरिकी जनताले सकारात्मक रूपमा हेरिरहेको बताए।

कपुरले अमेरिकी अन्तर्राष्ट्रिय विकास वित्त निगम जस्ता संस्थासँग सहकार्य बढाएर दुवै देशले पारस्परिक लाभ लिन सक्ने सम्भावना पनि प्रतिक्रिया दिए।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij