
अर्थ नेपाल संवाददाता
काठमाडौं /दशैंको अवसर पारेर गीतहरु सार्वजनिक हुने क्रम तिव्र भएको छ । लोकप्रिय एव चर्चित नायिका तथा मोडल मञ्जिता केसीको अभिनय रहेको दर्शै गीत रुन्छु धर्केरको म्युजिक भिडियो सार्वजनिक भएको छ ।
निरज केसी र मैना रेश्मि मगरको स्वर रहेको यस गीतमा कृष्ण सापकोटा र निरज केसीको शब्द सृजना रहेको छ भने प्रेम केसीको लय सृजना रहेको छ ।
भिडियोमा मञ्जितालाई कृष्ण र सुरेन्द्रले अभिनयमा साथ दिएका छन् ।
भिडियोलाई कपिल लामाले निर्देशन गरेका छन् भने सुरेश श्रेष्ठको छायांकन, नविन घर्तिमगरको सम्पादन रहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij