काठमाडौं- नेपाल धितोपत्र बोर्ड अध्यक्ष सन्तोषनारायण श्रेष्ठले राजीनामा दिएका छन् । शुक्रबार सञ्चालक समिति बैठकमा श्रेष्ठले राजीनामा घोषणा गरेका हुन् । श्रेष्ठले आज अर्थ मन्त्रालयमा सेबोन अध्यक्षबाट राजीनामा दिएको पत्र बुझाएका हुन्।
श्रेष्ठ २०८१ मंसिर १० गते नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा नियुक्त भएका थिए। उनलाई तत्कालीन अर्थमन्त्री विष्णु पौडेलको सिफारिसमा उक्त पदमा नियुक्त गरिएको थियो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij