२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बैदिक इन्भेष्टमेन्ट कम्पनीले आईपीओ जारी गर्ने

बैदिक इन्भेष्टमेन्ट कम्पनीले आईपीओ जारी गर्ने

1000
Shares

काठमाडौं – बैदिक इन्भेष्टमेन्ट कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने प्रस्ताव सहित वैशाख २१ गते सोमबार विशेष साधारणसभा बोलाएको छ।

कम्पनीको वैशाख ३ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंस्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ११ बजे विशेष साधारणसभा बोलाएको हो।

उक्त विशेष साधारणसभाले कम्पनीले प्रारम्भिक विशेष सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने र सञ्चालकको सेवा सुविधा निर्धारण गर्ने प्रस्ताव छलफल गरी पारित गर्नेछ।

कम्पनीको साधारणसभाबाट आईपीओ निष्काशन गर्ने प्रस्ताव पारित भएपछि धितोपत्र बोर्डमा निवेदन दिने लगायतका थप प्रक्रियाहरू अघि बढ्नेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij