२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कृषि विकास बैंक र सम्सारा रेमिटबीच सम्झौता

कृषि विकास बैंक र सम्सारा रेमिटबीच सम्झौता

630
Shares

काठमाडौँ – कृषि विकास बैंक लिमिटेड र सम्सारा रेमिट प्रालि बीच रेमिट्यान्स कारोवार साझेदारी सम्बन्धी सम्झौता सम्पन्न भएको छ । सम्झौतामा बैंकका उपमहाप्रबन्धक सुशिल हुंमागाईं र सम्सारा रेमिटका कार्यकारी उपाध्यक्ष जीवन बाबु श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

उक्त कार्यक्रममा बैंकका मार्केटिङ तथा सेल्स विभागका विभागीय प्रमुख बीना शर्मा, व्यवसाय अधिकृत मणिराज ढुंगाना तथा सम्सारा रेमिटका वित्तीय प्रमुख राजीव पोखरेल र वरिष्ठ शाखा प्रमुख आलोक जोशीको समेत उपस्थिति रहेको थियो ।

सम्झौता अनुसार अब विदेशबाट पठाइने रेमिट्यान्स रकम कृषि विकास बैंकको देशव्यापी शाखा सञ्जालमार्फत दुर्गम तथा ग्रामीण क्षेत्रसम्म सम्सारा रेमिटमार्फत सहज रूपमा भुक्तानी गर्न सकिनेछ। यसले रेमिट्यान्स कारोबार विस्तार हुनुका साथै ग्राहकलाई छिटो, सुरक्षित र भरपर्दो सेवा उपलब्ध गराउने अपेक्षा गरिएको छ ।

Real-Time API प्रणालीमा आधारित सेवा तथा सम्सारा रेमिटको व्यापक एजेन्ट सञ्जाल सहितकोे सहकार्यले बैंकका ग्राहक तथा दुर्गम एवं ग्रामीण क्षेत्रमा बसोवास गर्ने जनसमुदायमा व्यवसाय विस्तार, कारोबार वृद्धि र आम्दानीमा सकारात्मक योगदान पुग्ने विश्वास गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij