२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

लुम्बिनी हेरिटेजले आईपीओ निष्काशन गर्ने

लुम्बिनी हेरिटेजले आईपीओ निष्काशन गर्ने

1.3K
Shares

काठमाडौं– लुम्बिनी हेरिटेज लिमिटेडले आईपीओ निष्काशन गर्ने सहितका प्रस्ताव पारित गर्न साधारणसभा बोलाएको छ। कम्पनीले वैशाख २० गते साधारणसभा बोलाएको हो।

सभामा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन पारित गर्ने, लेखापरीक्षक प्रतिवेदन सहित अन्य वित्तीय विवरण पारित गर्ने, आईपीओ निष्काशन गर्ने, संचालक समितिबाट भएका निर्णय अनुमोदन गर्ने, कम्पनीको प्रबन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्ने, यी कार्यको लागि संचालक समितिलाई अख्तियारी दिने लगायतका प्रस्ताव पेश हुने छन् ।

यस कम्पनीले रुपन्देहीमा क्राउन प्लाजा ब्रान्डमा होटेल संचालन गरिरहेको छ । हाल होटेलमा ११० कोठा रहेकोमा ति मध्ये ७० वटा हाल संचालनमा रहेका छन् । कम्पनीले कोठा क्षमता बढाएर १३८ पुर्याउने तयारी गरिरहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij