२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

राष्ट्रपतिले आज दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने

राष्ट्रपतिले आज दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने

1.2K
Shares

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले आज सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन् । मन्त्रिपरिषद्‌को सिफारिसमा नेपालको संविधानको धारा ९५ बमोजिम संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने शीतल निवासले जनाएको छ । दुवै सदनको संयुक्त बैठक दिउँसो ३ बजे तय गरिएको छ । आजै रातिदेखि सङ्घीय संसद्को दुवै सदनको चालु अधिवेशन अन्त्य हुने भएको छ । नेपाल सरकार, मन्त्रिपरिषद्को गत चैत २४ गतेको सिफारिसमा राष्ट्रपति पौडेलले संवत् २०८२ साल चैत २७ गते शुक्रबार राति १२:०० बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij