२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

पाल्पा सिमेन्टको सेयर सूचीकृत

पाल्पा सिमेन्टको सेयर सूचीकृत

1.1K
Shares

काठमाडौं – नेपाल स्टक एक्सचेञ्जमा पाल्पा सिमेन्ट इन्डष्ट्रिज लिमिटेडको साधारण सेयर सूचीकरण भएको छ। आज (बिहीबार) सम्पन्न सम्झौताअनुसार कम्पनीको कुल ३ करोड ७५ लाख कित्ता सेयर सूचीकरण गरिएको हो।

पहिलो कारोबारका लागि कम्पनीले प्रतिकित्ता १०० रूपैयाँदेखि ३०० रूपैयाँसम्मको मूल्य रेञ्ज पाएको हो। नेप्सेले कम्पनीहरूलाई पहिलो कारोबारको लागि तिनीहरूको नेटवर्थको आधारमा तीन गुणासम्म मूल्य रेञ्ज दिन्छ।

सूचीकरणपछि कम्पनीको सेयर शुक्रबारबाट कारोबार गर्न सकिनेछ। कम्पनीले सर्वसाधारणका लागि ७५ लाख कित्ता (२० प्रतिशत) सेयर जारी गरेको थियो। यसको सेयर बिक्री प्रबन्धकमा नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड हो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij