२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

उद्योग वाणिज्य महासंघको निर्वाचन स्थगित

उद्योग वाणिज्य महासंघको निर्वाचन स्थगित

1K
Shares

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को साधारण सभा तत्काल नगर्न उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गरेको छ। यो सँगै महासंघको निर्वाचन रोकिएको छ । न्यायाधीशद्वय खड्गबहादुर के.सी. र दीपक खनालको संयुक्त इजलासले नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै यस्तो आदेश दिएको हो।

अदालतले यसअघि २०८१ साल फागुन १६ गते जारी भएको परमादेश बमोजिमको निर्णय नगरी साधारण सभा प्रक्रिया अघि बढाउँदा निवेदक पक्षलाई मर्का पर्ने देखिएको ठहर गरेको छ। उच्च अदालत नियमावली २०७३ को नियम ४२ बमोजिम जारी गरिएको यस आदेशमा उक्त निर्णय नभएसम्मका लागि महासंघको साधारण सभा नगर्न र नगराउन स्पष्ट निर्देशन दिइएको छ।

उक्त बहसका क्रममा निवेदकका तर्फबाट अधिवक्ताहरू जयलाल भण्डारी र प्रितम घिमिरेले बहस गरेका थिए भने विपक्षी महासंघको तर्फबाट वरिष्ठ अधिवक्ताहरू हरिचन्द्र सुवेदी, लीलामणि पौडेल, खगेन्द्रबहादुर राउतसहितको टोलीले प्रतिरक्षा गरेको थियो। २०८२ साल चैत्र २६ गते जारी भएको यस आदेशसँगै महासंघको पूर्वनिर्धारित साधारण सभा अन्योलमा परेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij