२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एनआइबिएल सहभागिता फण्डको इकाईहरु हितग्राही खातामा जम्मा सम्बन्धी

एनआइबिएल सहभागिता फण्डको इकाईहरु हितग्राही खातामा जम्मा सम्बन्धी

740
Shares

काठमाडौं नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड को पूर्ण स्वामित्वमा रहेको सहायक कम्पनी एनआइएमबि एस क्यापिटल लिमिटेड, विगत १३ वर्षदेखि नेपालको अग्रणी मर्चेन्ट तथा इन्भेष्टमेण्ट बैंक को रुपमा स्थापित हुँदै आएको छ । यस संस्थाले पुँजी बजारमा स्थिर प्रतिफल, भरपर्दो सेवा तथा सशक्त उपस्थिति कायम गदै आएको छ । एनआइएमबि एस क्यापिटल लिमिटेडले म्युचुअल फण्ड, पोर्टफोलिया व्यवस्थापन सेवा, परामर्श सेवा, डिपोजिटरी सहभागी सेवा, निष्कासन व्यवस्थापन, सेयरको प्रत्याभूति, सेयर रेजिस्ट्रार सेवा प्रदान गदै आएको छ ।

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड कोष प्रबद्र्धक तथा एनआइएमबि एस क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित “एनआईबिएल सहभागिता फण्ड” खुलामुखी योजना हो । यो नेपाल धितोपत्र बोर्डद्वारा जारी गरिएको सामूहिक लगानी कोष नियमावली, २०६७ को नियम अन्तर्गत दर्ता भएको छ । यो नेपालको पहिलो खुलामुखी म्युचुअल फण्ड हो, जसले अन्य खुलामुखी म्युचुअल फण्डहरुको विकासका लागि मार्गप्रशस्त गरेको छ ।

यस फण्डले इक्विटी, डिबेन्चर, फिक्स्ट डिपोजिट, टे«जरी बिल जस्ता उपकरण तथा स्थिर आय आर्जनका साधनहरुमा लगानी गरी प्रतिफल सिर्जना गर्ने गरेको छ । यो योजना २०७६ सालको असार २४ गते सुरु गरिएको हो । खुलामुखी प्रकृतिका कारण यो नेपाल स्टक एक्सचेन्जमा सूचीकृत छैन तर सिधै योजना व्यवस्थापक एनआइएमबि एस क्यापिटल लिमिटेड मार्फत खरिद तथा बिक्री गर्न सकिन्छ ।

प्रारम्भिक इकाई बाँडफाडपछि, फण्डले २० करोड इकाई जारी गर्ने स्वीकृति प्राप्त गरेको थियो । योजनाको आकार रु. ६ अर्ब (अर्थात ६० करोड इकाई) रहेकोमा मिति २०८२/१२/०५ गतेका दिनदेखी लागु हुने गरी नेपाल धितोपत्र बोर्डबाट स्विकृत प्राप्त भए अनुरुप सो आकार बृद्धि गरी रु. १० अर्ब (अर्थात १ अर्ब इकार्ई) कायम गरिएको छ ।

यससँगै यो फण्ड नेपालका मुच्युअल फण्डहरुमध्य सबैभन्दा ठूलो फण्डको रुपमा स्थापित भएको छ । हाल नेपालमा ४३ वटा बन्द मुखी र १३ खुलामुखी मुच्युअल फण्ड सञ्चालनमा रहेका छन् ।

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड कोष प्रबद्र्धक तथा एनआइएमबि एस क्यापिटल लिमिटेड योजना व्यवस्थापक रहेको एनआईबिएल सहभागिता फण्ड (खुलामुखी योजना) को योजनाको आकार रु. ६ अर्ब (अर्थात ६० करोड इकाई) रहेको र बिज पुँजीको कारण विगत लामो समय देखी फण्डको इकाई बृद्धि नभएको कारण इकाईधनीरुको इकाईहरू हितग्राही ९म्झबत० खातामा जम्मा नभएको र नेपाल धितोपत्र बोर्डबाट बीज पुँजी सम्बन्धमा मिति २०८२÷१०÷०२ गते जारी निर्देशिका अनुसार यस एनआईबिएल सहभागिता फण्डको मिति २०८२÷१२÷०५ गतेका दिनदेखी लागु हुने गरी नेपाल धितोपत्र बोर्डबाट योजनाको आकार रु. १० अर्वको (अर्थात १ अर्ब इकाई) कायम गर्न स्वीकृति प्राप्त भएको हुँदा पुनः इकाईधनीरुको इकाईहरू हितग्राही ९म्झबत० खातामा जम्मा गरिएको व्यहोरा सम्पूर्ण लगानीकर्ताहरुमा जानकारी गराउँदछौं ।

तसर्थ, एनआईबिएल सहभागिता फण्डका लगानीकर्ताहरुले सम्पूर्ण इकाईहरु आफनो मेरो शेयर लग ईन गरी लगानी गरीएको इकाईहरु सफलतापूर्वक के्रडिट गरिएको पुष्टि गर्ने सक्नुहुन्छ ।

साथै, सम्पूर्ण लगानीकर्ताको इकाई डिम्याट खातामा के्रडिट गर्न ढिलाई भएकोमा हामी क्षमाप्राथी छौ । तपाईहरुले देखाउनु भएको निरन्तर धैर्यता र समर्थनको लागि धन्यवाद ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij