२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल पनि पक्राउ

शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल पनि पक्राउ

1K
Shares

काठमाडौं – शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाललाई सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पक्राउ गरिएको छ । उनलाई शुक्रबार राति नियन्त्रणमा लिइएको स्रोतले जनाएको छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले अग्रवाललाई बयानका लागि बोलाएर नियन्त्रणमा लिएको हो । विभागका अनुसार उनीमाथि विस्तृत अनुसन्धान भइरहेको छ ।

सम्पत्ति शुद्धीकरण प्रकरणमै यसअघि शंकर अग्रवाल पनि पक्राउ परिसकेका छन् । अग्रवाल २०७६ सालमा पनि ज्वरो नाप्ने थर्मल गन महँगो मूल्यमा बेच्न खोजेको आरोपमा पक्राउ परेका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij