२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थामा बिदा

शनिबार र आइतबार सरकारी कार्यालय र शैक्षिक संस्थामा बिदा

2.4K
Shares

काठमाडौं – सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको असहजतालाई मध्यनजर गर्दै यस्तो निर्णय गरेको हो ।

सरकारका प्रवक्ता सस्मित पोखरेलका अनुसार उक्त निर्णय २०८२ चैत २३ गतेदेखि लागू हुनेछ । सोअनुसार सरकारी कार्यालय तथा सम्पूर्ण शैक्षिक संस्थामा सातामा दुई दिन (शनिबार र आइतबार) बिदा दिइनेछ ।

शैक्षिक संस्थाबाहेकका सरकारी कार्यालयहरूमा भने कार्यालय समय बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म कायम गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij