काठमाडौं- शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाललाई सम्पत्ति शुद्धीकरण कसुरमा पक्राउ गरिएको छ। उनलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले शुक्रबार पक्राउ गरेको हो। अहिले प्रहरी हिरासतमा राखिएको प्रहरी स्रोतले बतायो।
यसअघि सम्पत्ति शुद्धीकरण कसुरमै पक्राउ परेका व्यवसायी दिपक भट्टसँगको कारोबारमा जोडिएको देखिएपछि अनुसन्धानका लागि पक्राउ गरिएको विभाग स्रोतले जानकारी दियो।
शंकर ग्रुपअन्तर्गतको जगदम्बा स्टिलको बैंक खाताबाट दिपक भट्टको खातामा शंकास्पद रकम जम्मा भएको विषय राष्ट्र बैंकको वित्तीय सूचना इकाईले थाहा पाएको थियो।
यस विषयमा अनुसन्धान गर्न राष्ट्र बैंकले सम्पत्ति शुद्धीकरण विभागलाई पत्राचार गरेको थियो।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij