काठमाडौं – नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से)मा २०८२ फागुन मसान्तमा सूचीकृत ९ अर्ब २६ करोड शेयरको चुक्ता मूल्य रु.९११ अर्ब ९९ करोड रहेको छ ।
आर्थिक वर्ष २०८२/८३ को आठ महिनामा रु.३६ अर्ब ३८ करोड बराबरको साधारण शेयर, रु.१२ अर्ब ५९ करोड बराबरको बोनस शेयर, रु.९ अर्ब ६४ करोड बराबरको हकप्रद शेयर, रु.७ अर्ब ५० करोड बराबरको म्युचुअल फन्ड, रु.३ अर्ब ४० करोड बराबरको डिबेन्चर, रु.९२ करोड ५० लाख बराबरको एफपीओ र रु.२ करोड २९ लाख बराबरको अन्य गरी कुल रु.७० अर्ब ४६ करोड बराबरको थप धितोपत्र सूचीकृत भएका छन्।
समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले रु.२३ अर्ब १३ करोड बराबरको म्युचुअल फण्ड, रु.८ अर्ब ७० करोड बराबरको साधारण शेयर, रु.४ अर्ब ९४ करोड बराबरको हकप्रद शेयर, रु.२० करोडको डिबेन्चर र रु.५ करोडको एफपीओ गरी कुल रु.३७ अर्ब १ करोड बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij