२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

स्नो रिभर्सको आईपीओ बाँडफाँड

स्नो रिभर्सको आईपीओ बाँडफाँड

935
Shares

काठमाडौं – स्नो रिभर्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड गरेको छ। बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडले आज चैत १९ गते बिहान आईपीओ बाँडफाँड गरेको हो।

कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि चैत ९ गतेदेखि चैत १२ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ९३ हजार ७५० कित्ता आईपीओ बिक्री खुला गरेको थियो। बिक्री अवधिभर ८२ हजार १०६ जनाबाट आवेदन परेकोमा ८२ हजार ८५ जनाको आवेदन मात्रै स्वीकृत भएको छ भने बाँकी आवेदन रद्द भएका छन्।

यसरी मागभन्दा बढी मात्रामा आवेदन परेपछि गोलाप्रथाबाट आईपीओ बाँडफाँड गरिएको हो। बाँडफाँडमा ९ हजार ३७५ जना आवेदकले १०/१० कित्ताका दरले शेयर पाएका छन् भने बाँकि सबै आवेदकको हात रित्तिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij