२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा ४ कम्पनीको बोनश शेयर सूचिकृत

नेप्सेमा ४ कम्पनीको बोनश शेयर सूचिकृत

675
Shares

काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा चार कम्पनीको बोनश शेयर सूचिकृत भएको छ । नेप्सेमा अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड , महालक्ष्मी विकास बैंक लिमिटेड, महुली लघुवित्त वित्तीय संस्था लिमिटेड र समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको बोनश शेयर सूचिकृत भएको हो ।

नेप्सेमा अरुण भ्याली हाइड्रोपावरको ५ प्रतिशत बोनश वापत १९ लाख २४ हजार १ कित्ता, महालक्ष्मी विकास बैंकको ५ प्रतिशत बोनश वापत २१ लाख ४८ हजार २२९ दशमलव ०७९० कित्ता, महुली लघुवित्तको ४ दशमलव ७५ प्रतिशत बोनश वापत १ लाख ७५ हजार ७१३ दशमलव ६६ कित्ता र समता घरेलु लघुवित्तको ५ प्रतिशत बोनश वापत ३ लाख १४ हजार ५२५ दशमलव ७८२३ कित्ता बोनश शेयर सूचिकृत भएको हो ।

भोलिबाट दोस्रो बजारमा कारोबारमा आउनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij