२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

महासंघको वस्तुगत तर्फको कार्यकारिणी समिति सदस्यमा पशुपति देव पाण्डेको उम्मेदवारी घोषणा

महासंघको वस्तुगत तर्फको कार्यकारिणी समिति सदस्यमा पशुपति देव पाण्डेको उम्मेदवारी घोषणा

690
Shares

काठमाडौं – नेपाल तयारी पोशाक उद्योग संघका अध्यक्ष श्री पशुपति देव पाण्डेले नेपाल उद्योग वाणिज्य महासंघको वस्तुगत तर्फको कार्यकारिणी समिति सदस्य पदमा दोस्रो कार्यकालका लागि महासंघका वस्तुगततर्फका उपाध्यक्षका उम्मेदवार श्री नरेशलाल श्रेष्ठको प्यानलबाट उम्मेदवारी घोषणा गर्नुभएको छ।

स्पष्ट वक्ता, सफल र इमान्दार उद्यमीको रूपमा परिचित उहाँ नेपालको तयारी पोशाक निर्यात, कृषि, पर्यटन तथा हस्पिटालिटी क्षेत्रका एक स्थापित हस्ती हुनुहुन्छ। उहाँले नेपाल तयारी पोशाक उद्योग संघ को अध्यक्षको रूपमा नेतृत्व गर्दै तयारी पोशाक उद्योग लगायतका समग्र वस्तुगत क्षेत्रले भोग्दै आएका नीतिगत समस्याहरूलाई राज्यको उच्च तहसम्म पुर्‍याई समाधानका लागि सरकारसँग नजिक रही निर्णायक भूमिका निर्वाह गर्नुभएको छ।

हाल महासंघको कार्यकारिणी सदस्यको रूपमा सक्रिय रहँदै उहाँले निजी क्षेत्रको समग्र उत्थानमा निरन्तर योगदान पुर्‍याइरहनुभएको छ। वर्तमान चुनौतीपूर्ण आर्थिक परिवेशमा निजी क्षेत्रका समस्याहरूलाई गहिराइमा बुझ्दै व्यवसायीहरूको आवाजलाई सशक्त र प्रभावकारी रूपमा उठाउन सक्ने उहाँको क्षमता र अनुभवले महासंघलाई थप सुदृढ बनाउने विश्वास व्यक्त गर्दछौ ।

नेपाल सरकारद्वारा प्रदान गरिने प्रतिष्ठित “महत्वपूर्ण व्यवसायिक व्यक्ति (CIP)” सम्मानबाट समेत सम्मानित हुनुका साथै विभिन्न सरकारी विषयगत समितिहरूमा रही नीतिगत योगदान पुर्‍याउँदै आउनुभएको छ।

नेपालको हालैको राजनीतिक परिवर्तनपछिको परिवेशमा गठन भएको युवा पुस्ताको सरकारसँग समन्वय कायम गर्न उहाँ स्वयं युवा पुस्ताका प्रतिनिधि भएकाले देशको उत्पादनदेखि निर्यातसम्मका क्षेत्रमा राज्यसँग प्रभावकारी र सशक्त समन्वयकारी भूमिका निर्वाह गर्दै महासंघको कार्यकारिणी समितिमा वस्तुगत क्षेत्रको हित सशक्त रूपमा अघि बढाउन मद्दत पुग्ने अपेक्षाका साथ उहाँको उम्मेदवारीलाई सम्बन्धित सबैले सहयोग गर्नुहुने विश्वास व्यक्त गर्दछौं ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij