काठमाडौं– सर्वोच्च अदालतले पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाउ आदेश जारी गरेको छ। सोमबार न्यायाधीश कुमार रेग्मीको इजलासमा सुनुवाइ गर्दै विपक्षीका नाममा कारण देखाउ आदेश जारी गरेको हो। रिहाइको माग गर्दै उनकी पत्नी यशोदा लेखकले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा कारण देखाऊ आदेश जारी गरेको छ।
‘यसमा के-कसो भएको हो निवेदकको मागबमोजिम किन आदेश जारी हुन नपर्ने? आदेश जारी हुन नपर्ने भए आधार र कारण तथा निवेदकलाई पक्राउ गर्दा मुलुकी फौजदारी कार्यविधि २०७४ को ९(६) को पूर्वअवस्थाको विद्यमानता रहे, नरहेको समेत खुल्ने गरी बाटोको म्यादबाहेक सूचना पाएको तीन दिन भित्र महान्यायाधिवक्ता कार्यालय मार्फत लिखित जबाफ पेस गर्नू,’ आदेशमा भनिएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij