काठमाडौं – नवनियुक्त मन्त्रीहरूले शपथ लिएका छन् ।
राष्ट्रपति कार्यालय, शीतलनिवासमा आयोजित शपथ ग्रहण समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त मन्त्रीहरूलाई शपथ गराएका हुन् ।
आजै प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले पनि शपथ लिएका थिए ।
को को बने मन्त्री ?
प्रधानमन्त्री बालेन्द्र शाहले रक्षा र उद्योग मन्त्रालय पनि सम्हालेका छन् ।
- सुदन गुरुङ–गृह
- शिशिर खनाल–परराष्ट्र
- भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास–सुनिल लम्साल
- ऊर्जा, जलस्रोत तथा सिँचाई–विराजभक्त श्रेष्ठ
- संस्कृति, पर्यटन तथा नागरिक उड्ययन–खडक पौडेल (गनेश)
- शिक्षा, विज्ञान तथा प्रविधि र युवा तथा खेलकुद– सस्मित पोख्रेल
- स्वास्थ्य तथा जनसंख्या र खानेपानी–निशा मेहता
- सञ्चार तथा सूचना प्रविधि–डा विक्रम तिमल्सिना
- भूमि, व्यवस्था। सहकारी तथा गरिबी निवारण र संघीय मामिला तथा समान्य प्रशासन–प्रतिभा रावल
- कानुन, न्याय तथा संसदीय मामिला–सोविता गौतम
- कृषि तथा पशुपक्षी विकास तथा वन तथा वातावरण– गीता चौधरी
- श्रम, रोजगार– दीपक साह
- महिला, बालबालिका तथा ज्येष्ठ नागरिक–सीता वादी