२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

डेभलपमेण्ट बैँकर्स एशोसिएसनको २०औँ वार्षिक साधारणसभा सम्पन्न

डेभलपमेण्ट बैँकर्स एशोसिएसनको २०औँ वार्षिक साधारणसभा सम्पन्न

765
Shares

काठमाडौं – डेभलपमेन्ट बैंकर्स एशोसिएसन नेपाल (डिबान)को २०औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । एशोसिएसनका अध्यक्ष सुयोग श्रेष्ठको अध्यक्षतामा आयोजित साधारण सभामा एशोसिएसनमा आवद्ध सदस्य विकास बैंकहरूका प्रमुख कार्यकारी अधिकृतहरूको उपस्थिति रहेको थियो ।

साधारण सभाले आर्थिक वर्ष २०८१/०८२ को कार्य समितिको वार्षिक प्रतिवेदन पारित गर्नुका साथै लेखापरीक्षकको प्रतिवेदन सहित २०८२ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरू उपर छलफल गरी स्वीकृत गरेको छ । साथै, आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण सम्बन्धी प्रस्ताव पनि पारित गरिएको छ ।

सभामा अध्यक्ष श्रेष्ठले वार्षिक प्रतिवेदन प्रस्तुत गर्दै समीक्षा अवधिमा एशोसिएसनद्वारा हासिल गरिएका मुख्य उपलब्धिहरूको जानकारी गराएका थिए ।

हाल सेवा प्रदान गरिरहेका १७ विकास बैंकहरूमध्ये ८ राष्ट्रिय स्तरका र ९ क्षेत्रीय स्तरका रहेका छन् । विकास बैंकहरूले २०८२ साल माघ मसान्तसम्म १,१२६ शाखा र ३३९ एटीएममार्फत करिब ८० लाख ग्राहकहरूलाई बैंकिङ सेवा उपलब्ध गराउँदै आएको एशोसिएसनले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij