२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा चार कम्पनीहरुको बोनस शेयर सूचीकृत

नेप्सेमा चार कम्पनीहरुको बोनस शेयर सूचीकृत

920
Shares

काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा बुधवार चार कम्पनीहरुको बोनस शेयर सूचीकृत भएको छ । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेड , मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड, सिंगटी हाइड्रो लिमिटेड र निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडकोबोनस शेयर नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेका अनुसार नेशनल लघुवित्तको १८ लाख ९७ हजार ५४२ दशमलव २५ कित्ता, मेरो माइक्रोफाइनान्सको ६ लाख ४७ हजार २५ कित्ता, सिंगटी हाइड्रोको १४ लाख ५० हजार कित्ता र निर्धन उत्थान लघुवित्तको १३ लाख ६ हजार ३९ दशमलव ८८ कित्ता बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । यी शेयर बिहीवारदेखि कारोबारयोग्य हुनेछन् । सम्बन्धित शेयरधनीहरुले भने आफ्नो हितग्राही खातामा जम्मा भएपछि मात्र यी शेयर कारोबार गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij