२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

उद्योग वाणिज्य महासंघ निर्वाचनः अञ्जन श्रेष्ठ समूहको प्यानल घोषणा

उद्योग वाणिज्य महासंघ निर्वाचनः अञ्जन श्रेष्ठ समूहको प्यानल घोषणा

750
Shares

काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघ निर्वाचनका लागि अञ्जन श्रेष्ठ समूहको प्यानल घोषणा गरिएको छ । सोमबार एक कार्यक्रम आयोजना गर्दै यस समूहले आफ्नो उम्मेदवारी घोषणा गरेको हो ।

यस प्यानलमा वस्तुगत संघको तर्फबाट शिवप्रसाद घिमिरेले उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् । त्यस्तै, एसोसिएटतर्फको उपाध्यक्षमा प्रवल जंग पाण्डे, जिल्ला नगरको तर्फबाट उपाध्यक्षमा दिल सुन्दर श्रेष्ठ र कृष्ण प्रसाद शर्माले उम्मेदवारी दिएका छन्। वस्तुगत संघको लागि कार्यकारिणी सदस्य उम्मेदवारहरूमा अरनिको राज भण्डारी, रबिन पुरी, राजकुमार कार्की, नानिराज घिमिरे, संघर्ष विष्ट लगायत रहेका छन् ।

एसोसिएटतर्फको  सदस्यको उम्मेदवारहरुमा अभिज्ञा मल्ल, अम्बिका प्रसाद पौडेल, बाबुकाजी कार्की, हेमन्त गोल्छा, इश्वर जिसी, जुना माथेमा, कृष्ण लाल महर्जन, निकोलस पाण्डे, प्रियराज रेग्मी, राजेश कुमार अग्रवाल, ऋषि अग्रवाल, आरएस भण्डारी, शक्ति कुमार बेगानी, सुशील थापा, सुयेश प्याकुरेल, र उज्वल श्रेष्ठ रहेका छन् ।

यस प्यानललाई आगामी कार्यकालका लागि अध्यक्ष अञ्जन श्रेष्ठको समर्थन रहेको छ । महासंघको निर्वाचन यहि चैत्र ३० गते हुनेछ । महासंघले निर्वाचन कार्यतालिका समेत सार्वजनिक गरिसकेको छ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij