२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

पिपुल्स पावरको नवौं वार्षिक साधारण सभा आह्वान

पिपुल्स पावरको नवौं वार्षिक साधारण सभा आह्वान

695
Shares

काठमाडौं– पिपुल्स पावर लिमिटेडले नवौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको चैत ८ गते बसेको सञ्चालक समितिको बैठकले सभा चैत २९ गते आइतबार काठमाडौंको टोखा नगरपालिका–८, जाल्पाचोकस्थित पारिजात पार्टी प्यालेसमा बिहान ११ बजे बस्ने निर्णय गरेको हो ।

उक्त साधारणसभाले गत आर्थिक वर्ष २०८१–०८२ को सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने वार्षिक प्रतिवेदनका साथै लेखा परीक्षकको प्रतिवेदन सहितको गत आवको वासलात, नाफा नोक्सान हिसाब र नगद प्वाह विवरण लगायतका वित्तीय विवरणहरू पनि छलफल गरी पारित गर्नेछ।

त्यसैगरी सोही साधारणसभाले चालु आव २०८२–०८३ का लागि लेखापरीक्षकको नियुक्ति गरी निजको पारिश्रमिक निर्धारण गर्ने, कम्पनीको ठाउँसारी गर्ने, संस्थागत सुशासन सम्बन्धी प्रतिवेदन स्वीकृत गर्ने र विविध प्रस्ताव उपर छलफल गरी पारित गर्नेछ ।

कम्पनीले वार्षिक साधारणसभा प्रयोजनार्थ चैत १६ गते सोमबार एक दिनका लागि बूक क्लोजको मिति तोकेको छ । यसर्थ चैत १५ गतेसम्म कायम सेयरधनीहरु मात्रै सभामा उपस्थित हुन पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij