काठमाडौं– एनआइसी एशिया क्यापिटल लिमिटेडले आफ्नो स्थापनाकालदेखि नै संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ ।
सोही कार्यलाई निरन्तरता दिने क्रममा ग्लोबल मनि वीक २०२६ को अवसरमा मेलम्ची भ्याली क्याम्पस, सिन्धुपाल्चोकमा मुद्रा बजार तथा पूँजी बजार साक्षरता तथा अन्तक्रिर्या कार्यक्रम चैत्र ६ गते शुक्रबारका दिन सम्पन्न गरेको छ ।
साथै उनले बैंक तथा डिम्याट खाता कसरी खोल्ने, प्राथामिक शेयर, धितोपत्रको दोश्रो बजार, मुद्रा बजार उपकरणहरु, सामूहिक लगानी कोष, एसआईपी, दोश्रो बजारमा सूचिकृत कम्पनीहरुमा लगानी गर्ने सम्बन्धी निर्णय लिँदा विशेष ध्यान दिनुपर्ने कुराहरु लगायत समग्र मुद्रा बजार तथा पूँजी बजारको पछिल्लो अवस्थाको सम्बन्धमा विस्तृत जानकारी गराई सोही सम्बन्धमा छलफल गरिएको थियो ।
सोही कार्यक्रममा दामोदर रायमाझीले एएमएलरसीएफटी भनेको के हो र कारोवार गर्दा ध्यान दिनुपर्ने विविध पक्षको सम्बन्धमा समेत जानकारी गराए। उक्त कार्यक्रम अन्तर्गत अन्त्यमा सहभागि विद्यार्थीहरु तथा शिक्षकज्यूहरुको सहभागितमा मुद्रा बजार उपकरण तथा पूँजी बजारको सम्बन्धमा विस्तृत छलफल तथा अन्तरकृया गरिएको थियो ।
उक्त कार्यक्रममा २२० जना भन्दा बढी युवा विद्यार्थी, शिक्षक लगायत अन्य क्याम्पसमा कार्यरत कर्मचारीहरुको समेत सहभागिता रहेको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij