२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको अध्यक्षतामा नाडाको २९ सदस्यीय नयाँ केन्द्रीय कार्य समिति गठन

अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको अध्यक्षतामा नाडाको २९ सदस्यीय नयाँ केन्द्रीय कार्य समिति गठन

965
Shares

काठमाडौं – आज नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको अध्यक्षतामा बसेको दोश्रो केन्द्रीय कार्य समितिले नाडाको विधान २०७१ (संशोधन सहित) दफा २०.७ बमोजिम मिति २०८२ पौष २५ गते काठमाण्डौमा सम्पन्न निर्वाचनबाट नाडाको केन्द्रीय कार्य समितिको सदस्य पदमा निर्वाचित सदस्यहरु मध्येबाट पदाधिकारीहरुको निर्वाचन कार्य सम्पन्नगरी नाडाको २९ सदस्यीय केन्दीय कार्य समितिको गठनलाई पूर्णता प्रदान गरिएको छ।
नाडाको केन्द्रीय कार्य समितिका पदाधिकारीहरुमाअध्यक्ष श्री सुरेन्द्रकुमार उप्रेती, निवर्तमान अध्यक्ष श्री करणकुमार चौधरी, संस्थागत उपाध्यक्ष श्री भद्र भण्डारी, संस्थागत उपाध्यक्ष श्री गणेशप्रसाद भट्टराई, उपाध्यक्ष श्री विक्रम सिंहानिया, उपाध्यक्ष श्री अभिक ज्योति, महासचिव श्री मिलनबाबु मल्ल, सचिव श्री मेघराज पौड्याल, कोषाध्यक्ष श्री पंंकज अग्रवाल, सहकोषाध्यक्ष श्री निलमणी पाठक संस्थागत सदस्यहरु मध्येबाट – प्रदेश सदस्य श्री डिल्लीराम आचार्य श्री केदारकुमार अग्रवाल, श्री दामोदर अटल, श्री दिपेन्द्र कोइराला, श्री पुष्कर ओझा,साधारण सदस्यहरु मध्येबाट श्री अनुपकुमार बराल, श्री तोयानाथ खनाल, श्री दिपकराज गिरी, श्री दिपेन्द्रकुमार मिश्र, श्री दिवाकर मिश्र, श्री नवराज भुसाल, श्री नविनकुमार पारख, श्री नारायणप्रसाद पौडेल, श्री प्रकाश कपुरी, श्री विकाश जोशी, श्री विमल साह,
अध्यक्षबाट मनोनित सदस्य श्री दिपककुमार अग्रवाल, श्री महेश पाल, र श्री राजेशप्रसाद गिरी रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij