२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

पोखरा विमानस्थल भ्रष्टाचार : २१ जना प्रतिवादीबाट ४६ करोड बिगो दाबी

पोखरा विमानस्थल भ्रष्टाचार : २१ जना प्रतिवादीबाट ४६ करोड बिगो दाबी

910
Shares

काठमाडौँ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माणसँग सम्बन्धित भ्रष्टाचार प्रकरणमा २१ जनाविरुद्ध मुद्दा दायर गरेको छ। आयोगले आइतबार विशेष अदालतमा मुद्दा दायर गर्दै कुल ४६ करोड १५ लाख ८४ हजार ४३४ रुपैयाँ बिगो दाबी गरेको छ।

आयोगका अनुसार विमानस्थल निर्माण आयोजनामा परामर्शदाता नियुक्ति प्रक्रियामा अनियमितता तथा भ्रष्टाचार भएको ठहर गरिएको छ। सोही आधारमा तत्कालीन उच्च पदस्थ अधिकारीहरूसहित २१ जनालाई प्रतिवादी बनाइएको हो।

प्रतिवादीमध्ये केदारबहादुर अधिकारी (तत्कालीन सचिव, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय), सञ्जीव गौतम, राजन पोखरेल र प्रदीप अधिकारी (तत्कालीन महानिर्देशकहरू, नागरिक उड्डयन प्राधिकरण) रहेका छन्।

आयोगले सरकारी स्रोतको दुरुपयोग गर्दै परामर्शदाता छनोटमा नियम विपरीत कार्य भएको निष्कर्ष निकाल्दै मुद्दा दायर गरेको जनाएको छ।

यी हुन् प्रतिवादीहरू

– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका तत्कालीन सचिव केदार बहादुर अधिकारी
– नेपाल नागरिक उड्डयन प्राधिकरणका तत्कालीन महानिर्देशकहरू संजिव गौतम र राजन पोखरेल
– प्राधिकरणका तत्कालीन उपमहानिर्देशक महेन्द्र सिंह रावल
– प्राधिकरणका तत्कालीन निर्देशक स्व.ध्रुवदास भोछिभोया
– राष्ट्रिय गौरव आयोजनाका तत्कालीन आयोजना निर्देशक प्रदीप अधिकारी
– राष्ट्रिय गौरव आयोजनाका तत्कालीन आयोजना निर्देशक बाबुराम पौडेल
– राष्ट्रिय गौरव आयोजनाका तत्कालीन प्रबन्धक चाँदमाला श्रेष्ठ
– राष्ट्रिय गौरव आयोजनाका तत्कालीन उपनिर्देशक प्रवीण न्यौपाने
– पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण आयोजनाका तत्कालीन आयोजना प्रमुख विनेश मुनकर्मी
– राष्ट्रिय गौरव आयोजनाका तत्कालीन अधिकृत राजाराम चौधरी
– राष्ट्रिय गौरव आयोजनाका तत्कालीन उपप्रबन्धक हिमज्योती थापा
– राष्ट्रिय गौरव आयोजनाका तत्कालीन वरिष्ठ लेखा अधिकृत नरेन्द्रराज सैंजु
-राष्ट्रिय गौरव आयोजनाका तत्कालीन लेखा अधिकृत/उपप्रबन्धक प्रमोद नेपाल
-राष्ट्रिय गौरव आयोजनाका तत्कालीन वरिष्ठ लेखा अधिकृत/उपप्रबन्धक सविन फुयाल

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij