
अर्थ नेपाल संवाददाता
काठमाडौं/ आधुनिक युवा पुस्ताहरुको सोच र अनेकन् भ्रमहरुलाई चिर्दै किशोर अवस्थामा देखिन सक्ने विभिन्न समस्याहरुलाई उनिहरु स्वयं, परिवार र समाजले सही ढङ्गले समाधान र सम्बोधन गर्नुपर्ने लगायत सामाजिक विभेद र बेथितीको बिरुद्धमा आधारित नाटक जूनकिरी पुनः मञ्चन हुने भएको छ ।
नानी थापाका एकल लेखन, निर्देशन र अभिनय रहेको यस नाटक गत साल २०७३ भाद्रमा ११ शो मञ्चन गरिएको थियो ।
यस पटक भने नाटक जूनकिरीले सिन्धुपाल्चोक जिल्लाको चौतारा साँगा चोक गढी नगरपालिका वार्ड नं. १४ स्थित ५६ घर भूकम्प पिडित माझी परिवारलाई लक्षित गरि स्वेताश्री फाउन्डेसनले संचालन गरिरहेको एकिकृत माझी बस्ति बिकास परियोजनाको लागि आर्थिक सहयोग जुटाउने सामाजिक सोचले जूनकिरीको काठमान्डुमा २६ गते देखि असोज ५ गतेसम्म मञ्चन हुँदैछ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij