२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा विजय लघुवित्तको एफपीओ सूचीकृत

नेप्सेमा विजय लघुवित्तको एफपीओ सूचीकृत

950
Shares

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज नेप्सेमा विजय लघुवित्तले निष्काशन गरेको एफपीओ सूचीकृत भएको छ। आज कम्पनीको ४ लाख ६६ हजार ८ सय १७ कित्ता एफपीओ शेयर सूचीकृत भएको हो। यस सगै अब लगानीकर्ताको डिम्याट खातामा आएपछि यी शेयर खरिद बिक्री गर्न सकिने छ ।

कम्पनीले पुस २१ गतेदेखि पुस २४ गतेसम्म सर्वसाधारणलाई ४ करोड ६६ लाख ८१ हजार ७ सय रुपैयाँ बराबरको ४ लाख ६६ हजार ८ सय १७ कित्ता शेयर निष्काशन गरेको थियो। माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर बाँडफाँड गरिएको थियो। जसमा ४६ हजार ६ सय ८१ जनाले मात्र शेयर पाएका थिए। ति मध्ये ७ जनाले ११ कित्ता शेयर पाएका थिए।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij