काठमाडौं – साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार नेप्से परिसूचक १३.५१ अंकले बढेर २८१२.३४ को बिन्दुमा कायम भएको छ । आज १३२ कम्पनकिो शेयर मूल्य बढेको छ भने ११३ कम्पनीको शेयर मूल्य घटेको छ ।
आज दिनभरिमा ३४० कम्पनीको ३ करोड ४८ लाख ५२ हजार ७६० कित्ता शेयर किनबेच हुँदा १२ अर्ब ३ करोड माथिको शेयर कारोबार भएको छ ।
शेयर बजारमा आज बैंकिङ, विकास बैंक, हाइड्रोपावर, इन्भेष्टमेन्ट, म्यानुफ्याक्चरीङ र म्युचुअल फण्ड उप–सूचकहरुमा हरियाली छाएको छ ।
त्यस्तै, मंगलबार विभिन्न सेक्टरका १३२ वटा कम्पनीहरुको शेयरमूल्य बृद्धि भएको छ भने ११३ वटाको शेयरमूल्य राताम्मे बनेका छन् । यस दिन रिलायन्स स्पीनिङ, सोलु हाइड्रोपावर लगायतका कम्पनीहरुको शयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।
आज सबैभन्दा धेरै रिडी पावर कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ५६ करोड ३७ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij