२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्से परिसूचक ४.४५ अंकले बढ्यो

नेप्से परिसूचक ४.४५ अंकले बढ्यो

955
Shares

काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.४५ अकंले बढेर २८२४.९० बिन्दुमा कायम भएको छ । आज ३५० कम्पनीको ३ करोड ९५ लाख ४९ हजार कित्ता शेयर किनबेच हुँदा १४ अर्ब ३२ करोड ९६ लाख रुपैयाँको कारोबार भएको हो ।

यसदिन ९ उपसूचक भने घटेको छ । आज होटल तथा पर्यटन समूहको ०.६२ प्रतिशत, इन्भेष्टमेन्ट समूहको ०.५४ प्रतिशत, जीवन बीमा समूहको ०.४६ प्रतिशत र म्युचुअल फण्ड समूहको ०.२५ प्रतिशतले शेयर मूल्य बढेको हो ।
आइतबार १२४ कम्पनीको शेयर मूल्य बढेको छ भने १३० कम्पनीको घटेको छ । ९ उपसूचक भने स्थिर रहेको हो ।

आज सबैभन्दा धेरै ग्रिन लाइफ हाइड्रोपावर कम्पनीको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ८१ करोड १ लाख रुपैयाँको शेयर कारोबार भएको छ । रिडी पावरको ६७ लाख ९६ हजार रुपैयाँको शेयर कारोबार भएको छ । नेशनल हाइड्रोपावरको ६२ करोड ५५ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij