२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आजदेखि बेनी हाइड्रोपावरको आईपीओ बिक्री खुला

आजदेखि बेनी हाइड्रोपावरको आईपीओ बिक्री खुला

745
Shares

काठमाडौं – बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले आज चैत्र १ गतेदेखि पहिलो चरणको आईपीओ बिक्री खुला गरेको छ। कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई आईपीओ निष्काशन गरेको हो ।

कम्पनीले आयोजना प्रभावित सोलुखुम्बु जिल्लाका स्थानीय तथा श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई पहिलो चरणमा आईपीओ निष्काशन गरेको हो।

कम्पनीले स्थानीयलाई १० लाख ४० हजार कित्ता शेयर निष्काशन गरेको छ । यस निष्काशनमा स्थानीयले न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सक्ने छन्। स्थानीयले छिटोमा चैत्र १५ गतेसम्म र सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा ढिलोमा चैत्र ३० गतेसम्म आवेदन दिन सक्ने छन्।

त्यस्तै कम्पनीले श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा रहेका नेपालीलाई १ लाख ४ हजार कित्ता शेयर निष्काशन गरेको छ। यस समुहमा आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १० हजार कित्ताको लागि आवेदन दिन सकिने छ। यस निष्काशनमा चैत्र ५ गतेसम्म आवेदन दिन सकिने छ । त्यसपछि कम्पनीले सर्वसाधारणलाई शेयर निष्काशन गर्ने छ ।

नेपाल धितोपत्र बोर्डले माघ २९ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो । बोर्डबाट अनुमति पाएसंगै कम्पनीले कुल २० करोड ८० लाख रुपैयाँ बराबरको २० लाख ८० हजार कित्ता शेयर निष्काशन गर्ने छ।

आयोजना प्रभावितले नेपाल धितोपत्र बोर्डबाट सी–आस्बा सदस्य पाएका सबै बैंक तथा वित्तीय संस्थाहरू र तिनका शाखा कार्यालयहरू, एनएमबि बैंक र लक्ष्मी सनराइज बैंकको सल्लेरी शाखा, ग्लोबल आइएमई बैंकको सोलुखुम्बर शाखा र प्राइम कमर्सियल बैंकको नेचा सल्यान शाखा कार्यालयमा आवेदन फाराम पाउन र बुझाउन सक्नेछन्। कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड रहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij