काठमाडौं – नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सोलु हाइड्रोपावर लिमिटेडको शेयर सूचीकृत भएको छ । आज बिहिबार कम्पनीको १० करोड कित्ता शेयर सूचीकृत भएको हो ।
शेयर सूचीकृत भएपछि आइतबारबाट कम्पनीको शेयर कारोबार सुरु हुने छ। आइतबारको स्पेसल प्रि ओपन सेसनमा कम्पनीको पहिलो कारोबार हुने छ। नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्मको रेन्ज तोकेको छ। यस रेन्जबीचको जुनसुकै मूल्यबाट कम्पनीको पहिलो कारोबार हुन सक्ने छ। कम्पनीको शेयर (SOHL) सिम्बलबाट कारोबार हुने छ।
कम्पनीले पुस २९ गतेदेखि माघ ४ गतेसम्म आम सर्वसाधारणलाई ८२ लाख कित्ता शेयर निष्काशन गरेको थियो। यस कम्पनीले सोलुखुम्बुमा ८२ मेगावाट क्षमताको लोवर सोलु जलविद्युत आयोजना निर्माण सम्पन्न गरि २०८२ साउन २४ गतेदेखि व्यापारिक उत्पादन थालेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij