२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा एक होटलको आइपीओ सूचीकृत

नेप्सेमा एक होटलको आइपीओ सूचीकृत

1.3K
Shares

काठमाडौं–नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा होटल फरेष्ट इन लिमिटेडको आइपीओ सूचीकृत भएको छ । कम्पनीको आइपीओ ‘एचएफआईएन’ सिम्बोलबाट सूचीकृत भएको हो ।

कम्पनीको अंकित मूल्य १०० रुपैयाँ दरको कुल २ करोड कित्ता सेयर सूचीकृत भएको हो । जसमा सर्वसाधारण सेयरधनीहरुमा वितरण गरिएको ४० लाख कित्ता र संस्थापक सेयरधनीहरुले लगानी गरेको १ करोड ६० लाख कित्ता गरी कुल २ करोड कित्ता सेयर आज सूचीकृत भएको हो ।

नेप्सेले उक्त कम्पनीको सेयरलाई पहिलो कारोबारको लागि ९०.६५ रुपैयाँदेखि अधिकतम २७१.९५ रुपैयाँ ओपनिङ रेञ्ज प्रदान गरेको छ । सोही मूल्यकै आधारमा बिहिबारदेखि कारोबार खुल्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij