२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनचाँदीको मूल्य बढ्यो

सुनचाँदीको मूल्य बढ्यो

915
Shares

काठमाडौं– नेपाली बजारमा फागुन २६ गते, मंगलबार सुनचाँदीको मूल्य बढेको छ । आज सुन प्रतितोला ३ हजार ८०० रुपैयाँले र चाँदी तोलामा ३१० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी संघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार सुन प्रतितोला ३ लाख १३ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । आजको बजारमा चाँदी प्रतितोला ३१० रुपैयाँले बढेर प्रतितोला ५ हजार ७२० रुपैयाँमा कारोबार भइरहेको छ । सोमबारको बजारमा चाँदी तोलाको ५ हजार ४१० रुपैयाँमा कारोबार भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij