२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

राष्ट्रियसभाका नवनिर्वाचित सांसदले लिए पद तथा गोपनीयताको शपथ

राष्ट्रियसभाका नवनिर्वाचित सांसदले लिए पद तथा गोपनीयताको शपथ

740
Shares

काठमाडौँ -माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका १८ सांसदहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । सिंहदरबारस्थित कानुन न्याय तथा मानव अधिकार समितिको हलमा सोमबार सांसदहरूले पद तथा गोपनीयताको शपथ लिएका हुन्।

विशेष समारोहका बिचमा राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले उनीहरूलाई पद तथा गोपनीयताको शपथ दिलाएका हुन् । ५९ सदस्यीय राष्ट्रिय सभामा एक तिहाइ सदस्यका लागि प्रत्येक दुई–दुई वर्षमा निर्वाचन हुन्छ । जसअनुसार यही २० फागुनमा १९ जना सांसदको कार्यकाल सकिएको थियो । रिक्त एक सिट भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट मनोनीत हुने प्रावधान रहेकाले १८ सांसद चुन्न माघ ११ गते निर्वाचन भएको थियो ।

निर्वाचनमा कोशी प्रदेशबाट सुनिलबहादुर थापा, रोशनी मेचे र सोम पोर्तेल, मधेस प्रदेशबाट महन्थ ठाकुर, धमेन्द्र पासवान, रञ्जित कर्ण र रेखा झा निर्वाचित भएका थिए ।

बागमती प्रदेशबाट गीता देवकोटा र डा। प्रेम दंगाल, गण्डकी प्रदेशबाट जगत तिमिल्सिना र सम्झना देवकोटा, लुम्बिनी प्रदेशबाट रामकुमारी झाँक्री, वासुदेव जंगली र चन्द्रबहादुर केसी, कर्णाली प्रदेशबाट ललितजंग शाही र मिना रखाल तथा सुदूरपश्चिम प्रदेशबाट खम्मबहादुर खाती र लीला भण्डारी निर्वाचित भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij