२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

द्वन्द्वको घटनाले अर्थतन्त्रमा प्रभाव पार्ने कुरालाई बुझेर सुरक्षाको बाटो अपनाउन सिक्नुपर्छः वाणिज्य विद् रवि शंकर सैंजु

द्वन्द्वको घटनाले अर्थतन्त्रमा प्रभाव पार्ने कुरालाई बुझेर सुरक्षाको बाटो अपनाउन सिक्नुपर्छः वाणिज्य विद् रवि शंकर सैंजु

645
Shares

काठमाडौं । वाणिज्य विद् रवि शंकर सैंजुले मध्य पुर्ब तथा पश्चिम् एसिया द्वन्द्वबाट नेपालले पाठ सिक्नुपर्ने बताएका छन् । मंगलबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)को आयोजनामा भएको ‘पश्चिम एसियाको द्वन्द्व, नेपालको अर्थतन्त्र र आपूर्ति व्यवस्थामा पर्ने असर’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले यस्तो बताएका हुन् ।
‘एसिया द्वन्द्वबाट नेपालको अर्थतन्त्रमा कस्तो असर पर्छ र उक्त घटनाबाट हामीले के सिक्नुपर्छ भन्ने विषय मुख्य हुन्छ । वास्तवमा अर्को देशमा भएको घटनाले अर्थतन्त्रमा प्रभाव पार्ने र सुरक्षाको बाटो अपनाउने पाठ हामीले सिक्नुपर्छ,’ सैंजुले भने, ‘अर्को देशको घटनामा आफ्नो अर्थतन्त्रमा परेको प्रभावलाई बुझेर अघि बढ्नुपर्ने काम हामीले गर्नुपर्छ ।’
द्वन्द्वका कारण पर्यटन पनि प्रभावित हुने उनले बताए ।
‘द्वन्द्वका कारण हवाइ यातायात प्रभावित हुने र त्यसको असर हाम्रो पर्यटन व्यवसायमा पर्ने देखिन्छ । अहिले विभिन्न स्थानका विमानस्थलहरुमा नै पर्यटक रोकिनुपर्ने स्थिति बनेको छ,’ उनले भने, ‘यो अवस्थाका कारण नेपाल आउने पर्यटकमा कमि आउने देखिएको छ ।’
उनले पर्यटकले आफ्नो सुरक्षालाई पहिलो प्राथमिकतामा राख्ने भएकाले यस्ता विषयले नेपालको पर्यटन व्यवसायमा असर पुराउने बताएका हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij