काठमाडौं– प्रभु इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ८.७ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.४६७९ प्रतिशत नगद लाभाश वितरण गर्ने घोषणा गरेको हो।
फागुन १७ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij