काठमाडौं- नेपाल उद्योग वाणिज्य महासंघको चैत २८–२९ गते हुने निर्वाचनका लागि वरिष्ठ उपाध्यक्षमा हेमराज ढकालले आफ्नो समूहसहित उम्मेदवारी घोषणा गरेका छन् । हाल उपाध्यक्ष रहेका ढकालले सोमबार वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी घोषणा गरेका हुन् ।
ढकालको प्यानलबाट एसोसिएयट उपाध्यक्षमा ज्योत्सना श्रेष्ठ, जिल्ला नगर उपाध्यक्षमा उमेश डालमिया र कल्पना गैरे तथा वस्तुगत उपाध्यक्षमा नरेश लाल श्रेष्ठ उम्मेदवार बन्ने भएका छन् । कमला श्रेष्ठलाई महिला उपाध्यक्षको उम्मेदवारको रुपमा अघि सारिएको छ । केन्द्रीय कार्यकारिणी समितिमा १२ जना महिला निर्वाचित भए महिला उपाध्यक्ष पनि चयन गर्ने विधानको प्रावधान छ ।
ढकालको उम्मेदवारी घोषणा कार्यक्रममा महासंघका अध्यक्ष चन्द्र ढकाल, नाडाका अध्यक्ष सुरेन्द्र कुमार उप्रेती, पूर्व महासंघका अध्यक्ष शेखर गोल्छा, ब्यवसायी दिपक मल्होत्रा समेत उपस्थिति थिए ।
विधान अनुसार वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ स्वतस् अध्यक्ष हुनेछन् भने अन्य पदमा प्रत्यक्ष चुनाव हुने व्यवस्था छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij