२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

हुलास मोटर्सले ल्यायो विद्युतीय कार

हुलास मोटर्सले ल्यायो विद्युतीय कार

1.6K
Shares

अर्थ नेपाल विराटनगर/ हुलास मोटर्सले विराटनगर–५ धरान रोडस्थित मुनालपथमा सोरुम सञ्चालनमा ल्याएको छ । हुलास मोटर्सले नेपालमा नै गाडी उत्पादन गर्दै आएको छ । उक्त सोरुममा ११ लाख मूल्यको विद्युतीय कार राखिएको छ । आठ घण्टामा पूरा चार्ज हुने यो कारलाई प्रति घण्टा ६५ किलोमिटरको गतिमा गुडाउन सकिन्छ । सोरुमको उद्घाटन उद्योग संगठनका अध्यक्ष मुकेश उपाध्याय भट्टराईले गरेका थिए ।
२०५४ सालमा नेपालमा पहिलोचोटीे हुलास मोटर्सको स्थापना भएको थियो । सवारी साधनमा सरकारले लागू गरेको ‘युरो थ्री’ को मापदण्ड पूरा गर्न समय पर्याप्त नभएको भन्दै कम्पनीले उत्पादन गर्दै आएका मोटर ‘मुस्ताङ म्याक्स’ र ‘मुस्ताङ भि टु’ को उत्पादन भने पूर्णरूपमा बन्द भएको घोषणा गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij