२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा

नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा

1.2K
Shares

काठमाडौं – नेपाल इन्भेस्टमेन्ट मेगा बैंकको संस्थापक शेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको ४ लाख ८८ हजार ३०९ कित्ता शेयर बिक्रीमा राखिएको हो। हाललाई यो शेयरमा बैंककै संस्थापक शेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन पेस गर्न सक्नेछन्।

निवेदन ३५ दिनभित्र पेस गर्नुपर्नेछ। निवेदन काठमाडौंको कमलादीस्थित बैंकको शेयर रजिस्ट्रारको कार्यालयमा पेस गर्न सकिनेछ।

तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने बैंकले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij