२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

होटेल इस्टर्न नेपालले आईपीओ निष्काशन गर्ने

होटेल इस्टर्न नेपालले आईपीओ निष्काशन गर्ने

965
Shares

काठमाडौं- होटेल इस्टर्न नेपाल लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ। एनआईसी एशिया क्यापिटल र होटेल इस्टर्न नेपाल लिमिटेडबीच सर्वसाधारणमा निष्काशन गर्नुपर्ने शेयरको निष्कासन तथा बिक्री प्रबन्धक नियुक्ती गर्ने सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको छ।

एन आई सी एशिया क्यापिटलले “ IDEA to IPO” सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापना कालदेखि IPO जारी गर्ने चरणसम्म पुऱ्याउन आवश्यक पर्ने सम्पूर्ण परामर्श सेवा उपलब्ध गराउदै आईरहेको छ। सोही सेवा अन्तर्गत आईपीओ निष्काशनको लागि दुई पक्षबीच सम्झौता भएको हो। यस सम्झौतामा क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रमेन्द्र रायमाझी र कम्पनीको तर्फबाट अध्यक्ष विनिता थापाले हस्ताक्षर गरेका छन् ।

होटेल इस्टर्न नेपाल लिमिटेडले झापाको मेचीनगर नगरपालिका स्थित धुलाबारीमा ९८ कोठा रहने गरि ५ तारे होटेल निर्माण गरिरहेको छ ।होटेलको क्षेत्रफ़ल ११ हजार ८ सय ५४ वर्ग मिटर रहने छ। होटेलमा २५ हजार वर्ग फिटको क्यासिनो रहने छ। होटेलमा रुफ टप रेस्टुरेन्ट, स्विमिङ पुल, ज्याकुजी, स्पा, हेल्थ क्लब पनि रहने छन् ।

निर्माण सम्पन्न भएपछि होटेलले होलिडे इन् एक्सप्रेस एण्ड सुइट्सको नामबाट सेवा दिने छ । होटेलले २०८३ साउन १ गतेबाट सेवा दिन थाल्ने प्रक्षेपण गरिएको छ। कम्पनीले नेपाल धितोपत्र बोर्डमा आईपीओको लागि २०८३ को वैशाखमा आवेदन दिने लक्ष्य राखेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij