२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

विभागद्वारा एक फर्मलाई २० हजार जरिवाना

विभागद्वारा एक फर्मलाई २० हजार जरिवाना

825
Shares

काठमाडौँ – नियमित रूपमा बजार अनुगमन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले एक फर्मलाई रु २० हजार जरिवाना गरेको छ ।

स्थलगत अनुगमनको क्रममा कैफियत देखिएपछि विभागले गुन्जेश्वरी ट्रेड लिंक प्रा.लि. कसलेश्वरलाई जरिवाना गरेको हो । विभागले नियमित रूपमा पछिल्ला दिनमा खानका पकाउने ग्यास तथा खाद्य पदार्थसँग सम्बन्धित व्यवसाय तथा पसलको अनुगमन गरिरहेको छ । यसैक्रममा विभागले अन्य पाँच फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ ।

स्थानीय प्रशासन तथा उपभोक्ता अधिकारकर्मीको सहभागितामा नियमित रूपमा बजार अनुगमन गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij