२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कालिन्चोक हाइड्रोपावरले फागुन १३ गतेदेखि आईपीओ निष्कासन गर्ने

कालिन्चोक हाइड्रोपावरले फागुन १३ गतेदेखि आईपीओ निष्कासन गर्ने

1.3K
Shares

काठमाडौं– कालिञ्चोक हाईड्रोपावर लिमिटेडलेले आगामी फागुन १३ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि आईपीओ जारी गर्न लागेको हो ।
कम्पनीले गत माघ १९ गते १३ करोड ७५ लाख रुपैयाँबराबरको रु। १०० अंकित दरका १३ लाख ७५ हजार कित्ता आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।

कम्पनीको कुल जारी पूँजी रु. ५५ करोडको २५ प्रतिशत अर्थात १३ करोड ७५ लाख रुपैयाँको रु. १०० अंकित दरका १३ लाख ७५ हजार कित्ता साधारण सेयरमध्ये जारी पूँजीको १० प्रतिशत अर्थात ५ करोड ५० लाख रुपैयाँको रु. १०० अंकित दरका ५ लाख ५० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्र दोलखा जिल्ला, विगु गाउँपालिका वडा नं. ८ तथा कालिन्चोक गाउँपालिका वडा नं. १ र २ का स्थानिय बासिन्दाहरुको लागि र बाँकी ८ लाख २५ हजार कित्ता मध्ये नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरि विदेशमा रोजगारी गरिरहेका नेपालीहरुलाई १० प्रतिशत अर्थात ८२ हजार ५०० कित्ता साधारण सेयर निष्कासन गरिनेछ ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाले न्यूनतम १० कित्ता र अधिकतममा १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले न्यूनतम १० र अधिकतममा ४ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।

आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि आईपीओ निष्कासन बन्द छिटोमा फागुन २७ गते र ढिलोमा चैत १२ गते हनेछ । वैदेशिक रोजगारीमा रहेका लागि भने आईपीओ निष्कासन बन्द छिटोमा फागुन १७ गते र ढिलोमा फागुन २७ गते हुनेछ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij