२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सेबोनबाट गरिमा म्युचुअल फण्डको पहिलो खुलामुखी योजना ‘गरिमा सुवर्ण योजना’ स्वीकृत

सेबोनबाट गरिमा म्युचुअल फण्डको पहिलो खुलामुखी योजना ‘गरिमा सुवर्ण योजना’ स्वीकृत

1.1K
Shares

काठमाडौं –  गरिमा म्युचुअल फण्ड अन्तर्गत पहिलो खुलामुखी सामूहिक लगानी कोष योजना ‘गरिमा सुवर्ण योजना’ सार्वजनिक निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट स्वीकृति प्राप्त भएको छ ।

यस योजनाको कोष प्रवर्द्धक गरिमा विकास बैंक लिमिटेड र योजना व्यवस्थापक गरिमा क्यापिटल लिमिटेड रहेको छ । कुल १ अर्ब रुपैयाँ आकारको यो योजना विकास बैंक कोष प्रवर्द्धक रहने गरी निष्कासन हुन लागेको नेपालकै पहिलो खुलामुखी सामूहिक लगानी कोष योजना हो ।

प्रारम्भिक चरणमा ५० करोड रुपैयाँ बराबरको प्रति इकाई १० रुपैयाँ दरमा ५ करोड इकाई सार्वजनिक रूपमा निष्कासन गरिने बैंकले जनाएको छ । योजनामा लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम ५० लाख इकाईसम्म आवेदन दिन सक्नेछन् ।

गरिमा विकास बैंकका अनुसार ‘गरिमा सुवर्ण योजना’ ले सर्वसाधारण लगानीकर्तालाई सुरक्षित, पारदर्शी र दीर्घकालीन लगानीको अवसर प्रदान गर्ने उद्देश्य राखेको छ । विशेषगरी पुँजी बजारमा प्रत्यक्ष लगानी गर्न नसक्ने वा जोखिम कम गर्न चाहने लगानीकर्ताका लागि यो योजना उपयुक्त हुने बैंकको विश्वास छ ।

यसअघि गरिमा विकास बैंकको कोष प्रवर्द्धकत्व र गरिमा क्यापिटलको व्यवस्थापनमा १ अर्ब २५ करोड रुपैयाँ बराबरको बन्दमुखी सामूहिक लगानी कोष योजना ‘गरिमा समृद्धि योजना’ सञ्चालनमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij